काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ ।
मन्त्री लामिछानेको मुद्धामा शुक्रबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।
अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।