राज्यको वेवास्ताले उपत्यकामा रहेका सुन्धाराहरु खण्डहरमा परिणत हुँदै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

राज्यको वेवास्ताले उपत्यकामा रहेका सुन्धाराहरु खण्डहरमा परिणत हुँदै ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ , पौष २१ । प्रस्तरकला बास्तुकला तथा शिल्पकलाहरुको संग्रालयको रुपमा रहेको भक्तपुर दरवारक्षेत्र भित्र मकर मुखाकृति हिति लुँ हिटी अर्थात सुनौलो ढुगेधारा (सुन्धारा) रहेको छ। यो धातुकला र प्रस्तरकलाको अनुपम नमूनाको रुपमा रहेको छ। राजा जितामित्रमल्लको पालामा निर्माण भएको दरबारको आँगन मध्येमा यो पनि एक हो । यसको निर्माण गर्न १० वर्ष लागेको बताइएको छ। सुन्धारा निर्माणको काम सन् १६७८ (७९८ नेपाल संवत) मा सुरु भई १६८३ (८०३ नेपाल संवत) मा सम्पन्न भएको शिलापत्रमा उल्लेख छ।

राजकुलोमा पानी अवरोध भएको कारण सुन्धाराले पानीको प्राकृतिक स्रोत पनि गुमायो र आज सुन्धाराको विद्यमान पूर्वाधारसँगै आधुनिक पाइप प्रणालीलाई विस्तार गरिएको छ। खानेपानीको आपूर्ति सीमित भएकोले बिहान र बेलुका केही घन्टा धार्मिक पूजाका लागि आउने गरेको छ।

काठमाडौंमा पुर्खाको नासोको रुपमा रहेको नेपालकै एक मात्र मण्डला आकारमा रहेको मकर मुखाकृति भएको लुँ हिति सुनधारा चारैतिरबाट ठूलठूला कंक्रिट संरचनाले घेरिएर अस्तित्वहीन अवस्थामा पुगेको छ। अरबौं खर्चेर पुनःनिर्माणको नाममा नयाँ धरहरा बनाइरहँदा झाडीले छोपेर सुनधाराको संरचना पुरै हराउँदा समेत सरकारले कुनै चासो दिएका छैनन् ।

ललितपु्रको गौरब तथा अत्यन्तै सुन्दर कलाकृतिले भरिएको नुग टोलमा रहेको सुन्धारा रहेको छ । यो सुन्धारा ललितपु्मा रहेका सबै ढुंगेधाराहरु भन्दा ८ मिटरको उचाईमा रहेको छ । तर विडम्बना एतिहासिक सुन्धारा पनि अहिले पानी नआउने धाराको रुपमा रहेको छ । डिप बोरिंग गरि पानी तान्ने कार्यले सुन्धाराको पानी पनि सुक्दै गएको हो । सुन्धारा ईस्वी सम्बत ९८० मा राजा अमृत देवले निर्माण गरिएको थियो ।

एतिहासिक सुन्धारा आफैं अस्तित्वविहीन बन्दै जानु जिउँदो संस्कृतिक संग्रहालयको रुपमा रहेको नेपालको पहिचानमा नै ठूलो धब्बा हो । राज्यको वेवास्ताले उल्टै सुन्धाराको अस्तित्व नै खतरामा पारिरहेको छ ।

 

Leave a Reply

ताजा समाचार