दाङको अलपत्र चारलेन सडकको समस्या समाधान गर्न मन्त्री श्रेष्ठलाई बुझाइयो ध्यानाकर्षण पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

दाङको अलपत्र चारलेन सडकको समस्या समाधान गर्न मन्त्री श्रेष्ठलाई बुझाइयो ध्यानाकर्षण पत्र

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई दाङको अलपत्र चारलेन सडकको समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण पत्र बुझाँइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले मन्त्री श्रेष्ठलाई भेट्दै आज ध्यानाकर्षण गराएका हुन् । रास्वपा दाङका दुई नेता कमल सुवेदी र विशाल अधिकारीले मन्त्री श्रेष्ठलाई बुँदागतरुपमा सुझाँव दिएको जनाएका छन् । उनीहरुले हालसम्मको अवस्था हेर्दा काम सम्पन्न हुने आधार नभएको भन्दै ठेक्का प्रक्रिया रद्द गरेर तत्काल नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले प्रकिया अघि बढाउने प्रतिबद्धता व्यक्त्त गरेको बताइएको छ ।

Leave a Reply