प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्वाचन आयोगसँग छलफल गर्ने भएका छन् ।

आज बिहान १० बजे सिंहदरबारमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री दाहाल र आयोगबीच छलफल हुनेछ ।

संविधान त राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पदावधि सकिनुभन्दा एक महिना अघि गर्नुपर्ने व्यवस्था भएपनि राष्ट्रपति र उपराष्ट्रपति बहालमा रहँदा नयाँ पदको शपथ कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा आयोग अन्यौलमा परेको हो ।

सोही विषयमा सरकारसँग प्रष्ट भएर आयोगले निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

संविधानको धारा ६३ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको कार्याकाल ५ वर्षको हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आगामी फागुन २९ गते सकिदै छ भने उपराष्ट्रपतिको पदावधि चैत्र ९ गते सकिदैछ ।

कानुनी व्यवस्था अनुसार २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);