काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नयाँ वर्ष २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास लिएका छन् ।
उनले आजदेखि नेपाल र समस्त नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक रूपमा काम गर्ने नयाँ संकल्प समेत गरेका छन् ।