साताैँ महाधिवेशनमा यस्ताे थियाे प्रचण्डकाे राजनीतिक प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साताैँ महाधिवेशनमा यस्ताे थियाे प्रचण्डकाे राजनीतिक प्रतिवेदन

काठमाडाैं । काठमाडाैंमा जारी ८औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछिका कमीकमजाेरी उल्लेख गरेका छन् ।  ‘ २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव गरेका छन् ।

२०-२५ माघ २०६९मा हेटाैँडामा भएकाे साताैँ महाधिवेशनमा पार्टीकाे नाम एकीकृत नेकपा माओवादी थियाे । अहिले माओवादी केन्द्र रहेकाे याे पार्टी तेस्राे दलमा खुम्चिएकाे छ । त्यतिखेर पनि प्रचण्डले पार्टीकाे कमीकमजाेरी बारे उल्लेख गरेका छन् ।

त्यतिखेर प्रचण्डले भनेका छन्- शान्ति प्रक्रियामा प्रवेशको तयारी र यसको समग्र विकासका सन्दर्भमा पार्टी र मुख्य रुपमा मुख्य नेतृत्वबाट कैयौं गम्भीर गल्ती कमजोरी पनि भएका छन् । त्यस प्रकारका कमजोरीहरुको स्पष्ट किटान गर्नु र कमजोरीहरुबाट शिक्षा लिई अगाडि बढ्ने संकल्प गर्नु आज पार्टीका अगाडिको सर्वाधिक ठूलो चुनौती हो । यसलाई पार्टीले इमान्दारीपूर्वक स्वीकार गर्नु पर्दछ ।’

साताैँ महाधिवेशनमा प्रचण्डकाे राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ यस्ताे थियाे

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);