बालबच्चालाई फकाउन मोबाइल दिनुहुन्छ ? यस्तो गल्ती कहिलै नगर्नुहोस | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

बालबच्चालाई फकाउन मोबाइल दिनुहुन्छ ? यस्तो गल्ती कहिलै नगर्नुहोस

काठमाडौं । जब बालबच्चा रुन थाल्छन्, मोबाइल वा टेलिभिजनको अगाडी लगेर राखिदिने अनि आफु अन्य काममा लाग्ने । यो नियती जहाँतहि देखिन्छ । पछिल्लो समय यस्तो ‘ट्रेन्ड’ हरेका परिवारमा देखिन्छ । तर, यस्तो गल्ती कहिलै गर्नुहुँदैन् । यसबारे विश्व स्वास्थ्य संगठनले समेत बोलेको छ ।

बालबालिकालाई लामो समयसम्म मोबाइल, टि.भी तथा कम्प्युटर हेर्न दिदा उनीहरुको चौतर्फी विकासमा असर पर्ने देखिएको छ ।

विश्व स्वास्थ्य संगठन र अमेरिकी पेडियाट्रिक एसोसिएसको गाइडलाइन अनुसार ६ वर्षभन्दा मुनिका बालबालिकालाई सकेसम्म मोबाइल चलाउन दिनु हुँदैन ।

उनीहरुका अनुसार दुई वर्षभन्दा मुनिका बालबालिकालाई मोबाइल टिभि देखाउदै नदेखाउने अर्थात जिरो स्क्रिीनको नियम लागु गर्नुपर्ने बताएका छन् ।

स्क्रिनको लत छुटाउन नसके बालबालिकामा आँखाको रोग मात्र नभई शारीरिक तथा मानसिक रोग समेत देखिने चिकित्सकहरु बताउछन् ।

बालबालिकालाई मोबाइल,टि.भि तथा कम्प्युटर हेर्नबाट रोक्न सृजनात्मक कार्य सिकाउने, उनीहरुका कुरा सुन्ने र सुनाउने र नयाँ ठाउँमा देखाउने लगायत अतिरिक्त क्रियाकलाप गराउन आवश्यक छ ।

Leave a Reply