काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेता आलेको आमा ७८ वर्षीया गङ्गगादवीको आज बिहान ४ बजे मृत्यु भएको हो ।
उच्च रक्तचापबाट पीडित गंगादेवीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।
गंगादेवीको स्वास्थ्यमा समस्या आएपछि उनलाई डोटीबाट काठमाडौं ल्याइएको थियो ।




