काठमाडौं, ३ पुष ।अन्तर्राष्ट्रिय किसान सञ्जाल (लाभिआक्याम्पेसिना) ले किसानको अधिकारको लागिअधिकार कानूनबनाएर लागु गर्ने निर्णय गरेको छ । लाभिआक्याम्पेसिनाको नेपालमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिलनेपालकिसानमहासंघले यस्तो जानकारी दिएको हो । अखिल नेपालकिसानमहासंघ लाभिआक्याम्पेसिनाको सदस्यहो ।अहिले त्यसको नेतृत्वमानेपाल रहेको छ । महासंघका अनुसार पहिलो पटक लाभिआक्याम्पेसिनाको स्थायी समितिको (आईसिसीको बैठक) नेपालमा बसेको हो ।
उक्त बैठकमा अहिले विश्व संकटमा रहेको निश्कर्ष निकालेको महासंघका महासचिवप्रमेश पोखरेलले जनाए । उनले भने,‘अहिले विश्वविभिन्न समस्या र संकटबाट गुज्रिरहेको छ । खाद्य, मूल्यवृद्धि, आर्थिक, युक्रेनमा युद्ध, जलवायु संकट, कृषिमा ठूलो संकट, युवाहरुपलायनभएका छन् । विश्वभरिकाकिसानका समस्याबारे घनिभुत छलफल भयो । हामीले निश्कर्षमा यो सबैको कारण पुँजीवादीव्यवस्था र नवउदारवादीनीतिहो भन्ने निकालेका छौं । दोस्रो निश्कर्ष भनेको अब बाटो नबदलिनकनहुँदैन, त्यो भनेको खाद्य संकटको समाधानहो । अबसमाजवादी बाटो अपनाउनुपर्छ । खाद्य सम्प्रुभताको कार्यान्वयनगर्नुपर्छ । किसानअधिकार कानूनबनाएर लागु गर्ने निश्कर्ष निकालेका छौं । र, व्यापकमहिला र युवाहरुलाई कृषिमाआकर्षित गर्नेगरि युथ ईन एग्रिकल्चर कार्यक्रमलागु गर्छौं ।’
आजकिसानको अधिकारको घोषणापत्र जारी गरेको दिनभएकोले चौथो वार्षिकोत्सवपनिमनाईएको छ ।सन् २०१८ डिसेम्बर १७माकिसानको अधिकार घोषणा जारी भएको थियो । आजको पत्रकार सम्मेलनकार्यक्रमको अध्यक्षतागरेकाअखिल नेपालकिसानमहासंघका अध्यक्षतथा राष्ट्रियसभाका पूर्व अध्यक्ष बलरामबाँस्कोटालेविश्वभरिकाकिसानका समस्या समाधानगर्न सबै एकजुट हुने बताए ।
सो क्रममा बाँस्कोटाले विश्वभरिका किसान उपेक्षित भएको सुनाए । उनले भने,‘किसानको हितको लागिआन्दोलित हुनुपर्छ । पिपुल्स ग्लोबोलाईजेशन हुनुपर्छ । खाद्य सम्प्रुताको कुरा गरेका छौं ।लाभिआक्याम्पेसिना ३० वर्ष लाग्यो । यसले ठूलो विजय प्राप्त गरेको छ । किसानकाअधिकार स्थापित गरेका छौं । पहिचानसहित समर्पित किसानको कुरा छ, नेपालको किसानआन्दोलनदलको आन्दोलनभन्दापाको छ । त्यसैले किसानकाअधिकार स्थापितगर्न हामी अग्रसर हुनुपर्छ ।’
पत्रकार सम्मेलनको सञ्चालन महासंघका महासचिव , एशियाको युवा संयोजक तथा आईसिसीको स्थायी कमिटी सदस्य प्रमेश पोखरेलले गरेका थिए । सो क्रममा फ्रान्सका मोर्गान, ईण्डोनिसियाका जाइनाल, क्यानडाका जोन, अमेरिकाका कार्लोश, ब्राजिलका हाईमी, पनाका पेट्रा, दक्षिण कोरिका किम, कंगोका अक्टान्से, हाइटीका डुडुलगायतका विश्वभरिका किसानका नेताहरु उपस्थिति थिए । उनीहरुले किसानको हकहितको कुरा राखेका थिए ।




