सर्लाहीमा सशस्त्रका जवानमाथि गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

सर्लाहीमा सशस्त्रका जवानमाथि गोली चल्यो

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ ।

गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका साहमाथि साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर गोली प्रहार भएको हो ।

पाखुरामा एक गोली लागेर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply