भैरहवा भन्सार कार्यालयमा कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

भैरहवा भन्सार कार्यालयमा कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही मारमा

विवेक विश्वकर्मा भैरहवा, २७ फागुन । नाकाबन्दीमा पनि असर नपरेको बेलहिया स्थित भैरहवा भन्सार कार्यालय कर्मचारीको दादागिरीको मारमा परेको छ । कर्मचारीहरुले भन्सार कार्यालय बन्द गर्दा लाखौंको राजस्व गुम्नुको साथै सेवाग्राहीहरु मारमा परेका छन । घुस खान लागेका कर्मचारीको तस्विर लिन खोज्ने पत्रकारलाई कुट्ने भन्सार कार्यालयका कार्यालय सहयोगी अनुज फुयाँललाई प्रहरीले कार्यवाही गर्न खोजे पछि कर्मचारीहरुले दादागिरी शैलीमा

भैरहवा भन्सार कार्यालयमा कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही मारमा

विवेक विश्वकर्मा भैरहवा, २७ फागुन । नाकाबन्दीमा पनि असर नपरेको बेलहिया स्थित भैरहवा भन्सार कार्यालय कर्मचारीको दादागिरीको मारमा परेको छ । कर्मचारीहरुले भन्सार कार्यालय बन्द गर्दा लाखौंको राजस्व गुम्नुको साथै सेवाग्राहीहरु मारमा परेका छन ।  घुस खान लागेका कर्मचारीको तस्विर लिन खोज्ने पत्रकारलाई कुट्ने भन्सार कार्यालयका कार्यालय सहयोगी अनुज फुयाँललाई प्रहरीले कार्यवाही गर्न खोजे पछि कर्मचारीहरुले दादागिरी शैलीमा भन्सार बन्द गरेका छन ।

बिहिबार भैरहवा कार्यालय समयमै कर्मचारीहरुले भन्सारका मूख्य ढाँठनै खसालेर भन्सारको काम काज अवरुद्ध पारेका थिए । मूख्य भन्सार नै अवरुद्ध पारे पछि सीमापारीबाट बिभिन्न उपभोग्य सामाग्री लिएर आउने उपभोक्ताहरु मर्कामा परेका थिए । समान चेकजाच गर्ने कर्मचारी नहुदा भन्सार सुरक्षाको लागी खटिएका शसस्त्र प्रहरीको टोलीले चेकजाच मात्र गरेर सेवाग्राहीहरु पठाएको थियो । भन्सार गर्नु पर्ने समानको हकमा भने सेवाग्रहीहरु कुर्नुको बिकल्प थिएन ।

भैरहवा भन्सार बन्द रहे पनि प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्यले भने आधा घण्टा मात्र भन्सार बन्द भएको स्विकार गर्छन । “म छलफलको लागी प्रशासन कार्यालय जादा बिभिन्न ट्रेड युनियन सम्वद्ध साथीहरुले केही बेर सेवा अवरुद्ध गर्नु भयो । ” भन्सार अधिकृत शाक्यले भने ।

शाक्यले एक छिन मात्र भन्सार अवरुद्ध भएको बताई रहदा उनकै कार्यकक्षको छेउछाउको कोठाहरु भने खाली थिए । काम गराउन आएका बिभिन्न सेवाग्राहीहरु रनभुल्लमा परेका थिए । भन्सार कार्यालयको कोठा नम्बर ३ आशिकुडा फाँटमा कुनै कर्मचारी थिएनन् । यसै गरि कार्यालयको कोठा नम्बर ५ भन्सार शाखामा पनि ताल्चा लगाईएको थियो । अन्य फाटहरुबाट पनि सबै कर्मचारीहरु उपस्थित थिएनन् ।

घुस खाने कर्मचारी जोगाउनैका लागी प्रमुख भन्सार अधिकृत देखि बिभिन्न कर्मचारी युनियनहरु लागेका छन । कर्मचारीहरुको बन्दका कारण भन्सारबाट हुने भन्सार, बिभिन्न सवारीका सुविधा, जाचपास लगायतका सेवाहरु प्रभावित भएका थिए । भन्सार कार्यायका प्राय कुर्सिहरु खाली थिए, कुर्सिमा बसेका कर्मचारीहरु पनि पत्रिका पढ्न ब्यस्त देखिन्थे ।

पत्रकार कुट्ने फुयाँल भने अहिले प्रहरी हिरासतमा रहेका छन । हिरासतमा रहेका कर्मचारीलाई बिना शर्त रिहा गर्नु पर्ने कर्मचारीहरुको माग रहेको छ ।
सोमबार राती घुस लिन लागेका फुयाँलको तस्विर लिने क्रममा उनले अब्बल साप्ताहिकका सम्पादक तथा राजधानी दैनिक र दैनिक पत्रका सम्वाददाता श्याम शंकर पाण्डे तथा अब्बल साप्ताहिकका प्रकाशक समेत रहेका पत्रकार प्रकाश न्यौपाने माथी हातपात गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);