खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

death

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले न्युज कारखानालाई जानकारी दिए ।

हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक घिमिरेको परिवार समेत घटनास्थलमा पुगिसकेका छन् ।

प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ ।

Leave a Reply