काठमाडौँ देखि रसियाको सेन्टवर्गसम्म उडान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

काठमाडौं, २६ मंसिर । कतार एयरवेजले काठमाडौँ देखि रसियाको सेन्टवर्गसम्म उडान सुरु गर्ने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कतार एयरवेजले काठमाडौँदेखि कतार हुँदै रसियाको सेन्टवर्गसम्म १९ डिसेम्बरबाट उडान सुरु गर्ने जानकारी दिएको हो । दैनिक ३ वटा र साप्ताहिक रुपमा २१ ओटा उडान भर्ने कम्पनीले जनाएको छ ।

सञ्चालनको २० औं वर्षमा रहेको कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले २ सय वटा अत्याधुनिक विमान मार्फत ६ महादेशमा रहेका १ सय ५० प्रमुख लेजर तथा बिजनेस गन्तव्यमा उडान भर्दै आएको छ ।