निर्वाचन आयोगले दियो कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

निर्वाचन आयोगले दियो कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौं। निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकोले तत्काल रोक्न निर्देशन दिइएको निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।  जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।

‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

ताजा समाचार