अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए । घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको उनले बताए ।

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

Leave a Reply

ताजा समाचार