मतदानपछि प्रचण्डको प्रतिक्रिया : 'कांग्रेससँग मिलेर देश बनाउनुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

चितवन, २१ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका लागि सबै दलहरुको सहकार्य आवश्यक भएको बताउँदै कांग्रेससँग मिलेर देश बनाउनुपर्ने बताए ।

बिहीबार मतदानपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै प्रचण्डले वाम गठबन्धन र कांग्रेस मिलेर देश बनाउनुपर्ने बेला आएको बताए । उनले भने ‘पार्टी एकतापछि पनि सहकार्य आवश्यक छ, देशको निम्ति आवश्यक छ भन्ने मान्नता मैले सबैमा राख्दै आएको छु। अहिलेपनि, हिजैपनि प्रधानमन्त्री जीसँग र रामचन्द्र जिसँग निरन्तर संवादमै छु किनभने राष्ट्र बनाउन सबै मिलेरै जानुपर्छ।’

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित राष्ट्रिय आधारभुत विद्यालय शान्तिपुर केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);