कोटेश्वरमा घरको छतबाट खसेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

कोटेश्वरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply