नेपाल फाइनान्सको ११ लाख ३४ हजार कित्ता सेयर लिलामी बिक्री खुला | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

नेपाल फाइनान्सको ११ लाख ३४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं। नेपाल फाइनान्सले २३ साउनदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ। लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम म्याद ६ भदौसम्म छ। कम्पनीले यसअघि १७ देखि २४ असारसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो।

Leave a Reply

ताजा समाचार