जनज्योती बहुमुखी क्याम्पसमा फर्जी परिचय पत्र फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

जनज्योती बहुमुखी क्याम्पसमा फर्जी परिचय पत्र फेला

पुष्कर भट्ट १२ फागुन,कञ्चनपुर ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर स्थित जनज्योती बहुमुखी क्याम्पसमा परिचय पत्र फेला परेका छन् । स्वतन्त्र विद्यार्थि युनियनको चुनाव नजिकीदै गएका बेला विद्यार्थीहरुलाई कुनै विद्यार्थि संगठनले आफ्नो पक्षमा भोट बढाउन फर्जी परिचय पत्र वितरण वितरण गरेको बुझिएको छ ।

खाली परिचय—पत्र कसरी वाहिर गयो यसबारे छानविन गरेर प्रशासन बाट बाहिर गएको भए सम्वन्धित कर्मचारीलाई कार्बाही गरिने क्याम्पस क्याम्पस प्रमुख भोलानाथ शर्माले बताउनुभएको  छ । फर्जी परिचय पत्र बारे विद्यार्थि संगठन अखिल क्रान्तिकारी, नया शक्ति लगायतले छानबिन हुनुपर्नेमा जोड दिएका छन ।

बिए प्रथम बर्षमा अध्ययनरत छात्रा पिरिङका धामीले आफुलाई क्याम्पस बाहिर गेट क्षेत्रतिर फर्जी परिचय पत्र दिएको बताईन् । साथिहरु संगै आफु घर गईरहेको बेला मलाई बोलाएर परिचय पत्र लिनुहोस, आफ्नो नाम भर्नुहोला भन्दै मेरो हातमा दुई परिचय पत्र दिएको  धामीको जस्तै अन्य विद्यार्थीहरुलाई समेत फर्जी परिचय पत्र वितरण गरेको उनले बताईन् ।

क्याम्पसको आधिकारीक रुपमा मात्रै वितरण गरीनुपर्ने परिचय–पत्र जथाभावि वितरण गरीएकोले उक्त क्याम्पसमा अध्यनरत विद्यार्थिहरुले प्रशासनको चरम लापर्वाही भएको बताउदै चाडोभन्दा चाडो सो वारे छानविन गरी दोसीलाई कार्वाही गनुपर्ने माग गरेका छन ।
 
Leave a Reply