डेनिस सपिङ मल गोलाबारीका संदिग्धमा मानसिक स्वास्थ्य समस्याः प्रहरी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

डेनिस सपिङ मल गोलाबारीका संदिग्धमा मानसिक स्वास्थ्य समस्याः प्रहरी

कोपनहेगन। डेनमार्कको राजधानी कोपन हेगनको एक सपिङ मलमा आक्रमणका संदिग्धको मानसिक स्वास्थ्य समस्या हुन सक्ने प्रहरीले जनाएको छ । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो संदिग्ध व्यक्ति मनोचिकित्सक सेवाहरूमा पनि परिचित छ, यस बाहेक म टिप्पणी गर्न चाहन्न ।’ सपिङ मलमा उनले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए । आक्रमणकारीले जथाभावी ढंगले हिर्काएको र उक्त कार्य आतंकबादसँग संकेत गर्न नमिल्ने उनले बताए । २२ वर्षीय आक्रमणकारीले पूर्व तयारी गरेको तर उनले एक्लै हमला गरेको प्रहरीको भनाइ छ । ‘उसले एक्लै आक्रमण गरेको देखिन्छ’, प्रहरीले भनेको छ ।

मारिने तीन जना डेनमार्कका १७ वर्षीय किशोरी, अर्का किशोर  र डेनमार्कमा बस्ने ४७ वर्षीय रुसी नागरिक छन् । गोली लागेर दुई डेनिस महिला र दुई जना स्वीडेनका नागरिक घाइते भएका छन् ।

Leave a Reply