विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ?  | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८१, शनिबार

विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ? 

काठमाडौं। सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सात वटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ ।देशका सबै ७७ जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोष रहेका छन् । ७७ वटा जिल्लामा रहेका विपद् व्यवस्थापन कोषमा हाल १ अर्ब ९ करोड ३० हजार रुपैयाँ रहेको छ ।प्राधिकरणका अनुसार प्रदेश विपद् व्यवस्थापन कोष अन्तर्गत प्रदेश नं.१ मा ४ करोड रुपैयाँ, मधश प्रदेशमा २ करोड ८० लाख ८४ हजार रुपैयाँ, बागमती प्रदेशमा ८ करोड रुपैयाँ, गण्डकी प्रदेशमा ६ करोड रुपैयाँ, लुम्बिनी प्रदेशमा ९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेशमा ३ करोड १४ लाख ६ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २६ करोड रुपैयाँ रहेको छ ।

विपद्का घटना हुँदा खोज, उद्धार र राहत कार्यमा खर्च गर्ने उदेश्यले विभिन्न कोषहरु स्थापना गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);