एजेन्सी । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने ।
उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।
सोनिया गान्धीलाई कोभिड पोजेटिभ
ताजा समाचार
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
२० घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
२१ घन्टा अघि