फुटबल खेलाडी रोबिन्होमाथि बलात्कार आरोप, ९ वर्ष जेल सजाय तोकियो | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

फुटबल खेलाडी रोबिन्होमाथि बलात्कार आरोप, ९ वर्ष जेल सजाय तोकियो

एजेन्सी, ८ मंसिर। इटालीको एक अदालतले ब्राजिलियन फुटबल खेलाडी रोबिन्होलाई बलात्कारको आरोपमा ९ वर्ष जेल सजाय सुनाएको छ।

उक्त अदालतले म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होलाई सन् २०१३ मा २२ वर्षीय अल्बानियन युवतीको सामूहिक बलात्कारमा दोषी ठहर गरेको हो। उनीसँगै सो घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ।

अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ। तर, रोबिन्हो भने आफु उक्त घटनामा संलग्न नभएको बताउँदै अदालतको आदेश विपरित कानुनीरुपमा जाने बताएका छन्।

ताजा समाचार