हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

सिरहा। बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ । 

इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए । 

संघका कोषाध्यक्ष रामसगुन यादवले पनि पकाउनका लागि तयारी अवस्थामा राखिएका सबै काँचो इँटामा गलेको जानकारी दिए । उनका अनुसार हरेक उद्योगका पाँच देखि १५ लाख वटासम्म इँटा गलेर नष्ट भएका छन् । उनले आफ्नै उद्योगमा समेत आठ लाखभन्दा बढी इँटा काम नलाग्ने गरी गलेको सुनाए ।

हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । उद्योगबाट निस्कदा एउटा ईटालाई कतिर तीन रुपैयाँ पर्ने व्यसायीहरूले बताएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);