वैदेशिक रोजगारी कहिलेसम्म? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वैदेशिक रोजगारी कहिलेसम्म?

baideshik rojgar

काठमाडौं, १७ कात्तिक । इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन सकेका छैनन्।

‘नेपालका उद्योगलाई (दर्ता भएका एक हजार) क्षमता अनुसार इँटा उत्पादन गर्न यतिखेर कम्तीमा साढे एक लाख श्रमिकको आवश्यकता छ,’ चित्रकारले भने, ‘श्रमिक चाहिएकोबारे अनेक शैलीले प्रचार गर्दा पनि काम गर्ने युवा भेटिँदैनन्।’

मासिक २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने उद्योगमा काम गर्ने श्रमिक पाउन गाह्रो परेपछि व्यवसायीमा कतै इँटा व्यवसाय नै धराशायी हुने होइन भन्ने आंशका बढ्न थालेको छ। चित्रकारका अनुसार हाल देशभरिका दर्तावाल इँटा उद्योगमा ३ लाख श्रमिकको आवश्यकता छ। तर, व्यवसायीले अनेक प्रयास गर्दा साढे १ लाख मात्र श्रमिक भेट्न सकेका छन् । तीमध्ये १ लाख जति त भारतीय श्रमिक रहेको उनी बताउँछन्।

‘यतिखर नेपालका इँटा उद्योगमा श्रमिकको चरम अभाव छ,’ उनले भने, ‘यसको साथै अहिले काम गरिरहेका भारतीय श्रमिक घर फर्के भने इँटा उद्योग नै संकटमा पर्ने अर्को खतरा छ।’ मासिक २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने इँटा उद्योगले श्रमिक नपाएर हारगुहार गरिरहँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्या भने बढिरहेको छ। स्वदेशी उद्योगले दिने पारिश्रमिककै हाराहारी विदेशमा पारिश्रमिक पाउने र स्वदेशको भन्दा कठिन काम गर्न विदेश जान आवश्यक नहुँदानहुँदै बेरोजगार युवाको सपना वैदेशिक रोजगारी नै हुने गरेको छ।

नेपालमा श्रमिकको अभाव भइरहेको छ भन्ने इँटा उद्योग एउटा उदाहरण मात्र हो। सीप आवश्यक पर्ने हरेक क्षेत्रमा यतिखेर श्रमिकको आवश्यकता परिरहेको छ। तर, स्वदेशमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारले सकेको छैन। जसले गर्दा युवा स्वदेशमा काम गर्नुको साटो वैदेशिक रोजगारीमा जान मरिहत्ते गरिरहेका छन्। भलै वैदेशिक रोजगारीमा अनेक समस्या किन नभोगेका हुन्।

वैदशिक रोजगारीमा नेपालीहरू कहिलेदेखि जान थाले? आज पनि यसको ठयाक्कै जवाफ पाउन सकिँदैन । विभिन्न इतिहास खोतल्दै जाने हो भने प्रथम विश्व युद्धको बेलादेखि नै नेपालीहरूले वैदेशिक रोजगारीलाई पेसा बनाएको भेटिन्छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);