बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप

लमजुङ । बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड-१९ विरुद्धको खोप लगाउने भएकाे छ । १२ वर्ष माथिकाले हरेक साेमबार र बिहीबार जिल्ला अस्पतालमा खोप लगाउन पाउनेछन् । अभियान २४ माघबाट सुरु हुनेछ । 

पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुटेकाहरुले खाेप लगाउन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए ।  पहिलो मात्र खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएकाे छ । 

दोस्रो मात्र खोप लगाउनेले भने पहिलो खोप कार्ड ल्याउनुपर्छ । बुस्टर डाेजका हकमा दुबै मात्र खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दोस्रो खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);