निर्वाचनमा भएको अधिक खर्चलाई लोकतन्त्रमाथि कै विषः नेता ढुंगाना | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

निर्वाचनमा भएको अधिक खर्चलाई लोकतन्त्रमाथि कै विषः नेता ढुंगाना

भक्तपुर, २९ कार्तिक। भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा कांग्रेसका उम्मेदवार नेता दमननाथ ढुंगानाले निर्वाचनमा हुने अधिक खर्च बन्द नगरे मुलुक बर्बाद हुने बताएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै चुनावी प्रचार प्रुसार अभियानका क्रममा अधिक खर्च भईरहेका बेला नेता ढुंगानाले अधिक खर्च तत्काल देशको विकास कहिले सम्भव नहुने र मुलुकको भविष्यमाथि गम्भिर आघात पुग्ने दाबी गरेका छन्।

ढुंगानाले आर्थिक रुपमा सबल नभएका तर योग्य नागरिकले जनताको विश्वास लिनै नपाउने गरी निर्वाचन खर्च हुने भन्दै आपत्ति जनाएका छन्।उनले निर्वाचनमा भएको अधिक खर्चलाई लोकतन्त्रमाथि विषको संज्ञा दिएका छन्।