कुखुराको अपहरणपछि बलात्कार, किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

एजेन्सी, २९ कार्तिक। पाकिस्तानमा १४ वर्षीय एक युवक कुखुराको बलत्कार गरेको आरोपमा पक्राउ परेका छन्।

लाहोर भन्दा २०० किलोमिटर पर रहेको जलपुर निवासी अनसार हुसेन नामक किशोरले गत नोभेम्बर ११मा कुखुरालाई अपहरण गरेर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। उनको विरुद्ध कुखुरा मालिक मानसाब अलीले उजुरी दिएका थिए।

कुखुराको बलात्कार भएका कारण मृत्यु भएको भन्दै दुई जनालाई साक्षी राख्दै उजुरी दिएका हुन्। कुखुराको मेडिकल परिक्षणपछि बलात्कारको पुष्टि भएको थियो। सोही आरोपमा किशोरलाई थुनामा राखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।