मुम्बईमा अन्डरवर्ल्ड दाउद इब्राहिमको सम्पत्ति लिलामी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

मुम्बई, २९ कार्तिक । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको मुम्बईस्थित अचल सम्पत्ति लिलाम भएको छ। सम्पत्ति लिलाम भएलगत्तै दाउदका एक सहयोगीले फोनमार्फत भारतका एक पत्रकारलाई कडा प्रतिक्रिया दिएका छन्। मंगलबार बिहान दाउदको रौनक अफरोज होटल, डाबरवाला बिल्डिङ र शबनम गेस्ट हाउस गरी ३ क्षेत्र लिलाम बिक्री गरिएको हो।

मंगलबार नै पाकिस्तानको कराँचीबाट दाउदका सहयोगीले भारतीय टेलिभिजन च्यानल ‘आजतक’का संवाददाता विरेन्द्र सिंहलाई फोन गरी भारतले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटलाई नभुल्न पनि चेतावनी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।