जाजरकोट भूकम्पको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

जाजरकोट भूकम्पको उच्च जोखिममा

जाजरकोट । जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ ।  पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकाेटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेकाे बताए ।

भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । ‘सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,’ कार्कीले भने । २०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएकाे छ । 

प्रमुख जिल्ला अधिकारी प्रेप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताए ।  ‘हामीले भूकम्प रोक्न सक्दैनौं,’ देवकोटाले भने, ‘भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा हामीले ध्यान दिँदा सन्ततीले भूकम्पबाट क्षति व्येहोर्न नपर्ने देवकोटाले बताए ।

खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचारसहिंतालाई पालना गरी भवन निर्माण गर्नुपर्ने बताए ।जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए । 

Leave a Reply

ताजा समाचार