अफ्रिकन कप अफ नेशनसमा कंगोको यात्रा सकियो, घाना र इजिप्ट सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

अफ्रिकन कप अफ नेशनसमा कंगोको यात्रा सकियो, घाना र इजिप्ट सेमिफाइनलमा

कंगोलाई २–१ ले हराउँदै घाना अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा, घानाको जीतमा आयु दाजुभाइको जित, मोरक्कोलाई १–० ले हराउँदै इजिप्ट पनि सेमिफाइनलमा

अफ्रिकन कप अफ नेशनसमा कंगोको यात्रा सकियो

काठमाडौं । घाना र इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमाा प्रवेश गरेका छन् ।

गाबोनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार राति भएको क्वाटरफाइनलमा प्रजातान्त्रिक गणतन्त्र कंगोलाई २–१ ले हराएर घानाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घानाको जितमा आयु दाजुभाइले गोल गरे । जोर्डन आयुले ६३ तथा उनका दाइ आन्द्रे आयुले ७८ औं मिनेटमा घानाका लागि गोल गरे ।

कंगोका लागि पउल–जोस एम पोकुले एक गोल फर्काए । राति नै भएको खेलमा मोरक्कोलाई १–० ले हराएको इजिप्टले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

इजिप्टको जितमा ८७ औं मिनेटमा अब्देल मोनेइमले गरेको गोल नै निर्णायक बन्यो । सेमिफाइनलमा इजिप्टले बुर्किना फासो तथा घानाले क्यामरुनसँग खेल्ने छ ।

Leave a Reply