काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका सभापतिका उम्मेदरवार विमलेन्द्र निधिले पार्टीको महाधिवेशन पछि सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले उक्तकुरा बताएका हुन् ।
उनले सोमबार हुने पार्टीको चुनावमा कसैले पनि जित्न नसक्ने दाबी समेत गरेका छन् । पहोचरणमा कसैले पनि जित्न नसक्ने र द्रोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले जित्ने बताएका छन् । दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने उनको भनाई थियो ।