आज मौसम सफा रहने | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आज मौसम सफा रहने

काठमाडौं । मनसुन बाहिरिने संकेत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ ।

देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ ।

यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसपालिदेखि जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो ।

आज देशभर नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन । एकछिन खुले पनि फेरि बादल लाग्ने सम्भावना छ । बेलुका ४ बजे पछाडि भने काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आज पनि हिजोअस्तिकै जस्तो दिउँसोभन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);