जसपाले एक महिनाभित्र समायाेजन सक्ने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

जसपाले एक महिनाभित्र समायाेजन सक्ने

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) ले असोजभित्र समायोजन टुंग्याउने जनाएकाे छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले जनाएकाे हाे।

पूर्व संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा गठन भएको करिब डेढवर्ष पछि पार्टी तल्लाे तहमा पार्टी सामायोजन गर्न लागिएको जसपाका सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले बताए । कार्यक्रम अन्तर्गत असोजको पहिलो हप्ता जिल्लास्तरीय समायोजन गर्ने, १५ गतेभित्र प्रतिनिधि तथा प्रदेश क्षेत्रस्तरीय समायोजन गर्ने तथा १५ देखि असोज मसान्तसम्म पालिका तथा वडा तहसम्म समायोजनको कार्य सक्ने अध्यक्ष यादवको भनाइ छ।

पार्टीले एक महिने सुज अभियान अन्तर्गत संगठन निर्माणका साथै पार्टीको आगामी रणनीति र अबधारणाबारे जनजागरण गराउने योजना रहेको उनले जानकारी दिए।सुज अभियानमा केन्द्रीय वरिष्ठ नेताहरू तथा प्रदेश नेताहरूद्वारा प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष यादवले बताए। जसपा सप्तरीले १ महिने सुज अभियान सञ्चालन गरेकाे छ।

Leave a Reply