दाङ । दाङमा प्रहरीले लागू औषध मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ दुधेना बस्ने ४२ वर्षीय छवि कुमार केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
फरार रहेका केसीलाई शनिबार दिउँसो ४ बजे तिर तुलसीपुर ८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
उनलाई सर्वोच्च अदालतले २०७४ मंसिर १९ गते लागू औषध मुद्दामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका केसीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।