कर्मचारी ट्रेड यूनियनको आन्दोलन ८ औँ दिन पनि जारी | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

कर्मचारी ट्रेड यूनियनको आन्दोलन ८ औँ दिन पनि जारी

काठमाडौं । नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड यूनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालय अगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित विरोध प्रदर्शन गरेको हो ।

युनियनले यूरोपियन यूनियन (इयू) मा नेपाल समावेश नभएको भन्दै यूरोपियन यूनियनले भनेको मान्न आफू बाध्य नभएको र यूरोपियन यूनियनले प्राधिकरण टुक्राउन नभनेको युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले बताए । उनले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाए ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ नेपालका लागि घातक भएको बताए । प्रवक्ता गुप्ताले अहिलेको अवस्थामा नियमनकारी संस्थाको आवश्यक नरहेको जानकारी दिए ।

कर्मचारी ट्रेड यूनियनले साउन २५ गतेदेखि कार्यालय अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को विरोध गर्दै आन्दोलनरत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);