आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

हाल देशभर सामान्य देखी  पूर्ण बदली रहेको छ साथै  देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी बुधबार राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी  प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले  पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply