बेवारिसे अवस्थामा ग्रिनेड बम फेला | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

बेवारिसे अवस्थामा ग्रिनेड बम फेला

नवराज पाठक,
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं.१४ मा बेवारिसे अवस्थामा ग्रिनेड बम फेला परेको छ ।

कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउनका लागि डन्जेर खोलामा बाँधमा लगाउने सेउला काट्ने क्रममा झाडीभित्र ग्रिनेड बम फेला पारेका थिए । ग्रिनेड बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खबर गरेका थिए ।

ग्रिनेड बम फेला परेको स्थानलाई अहिले प्रहरीले सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

गिरीका अनुसार ग्रिनेड कत्तिको शक्तिशाली रहेको छ सो भने खुल्न सकेको छैन ।

बम डिस्पोज गर्नको लागि घटनास्थलमा नेपाली सेनाको टोली आउँदै गरेको गिरीले बताए ।।

Leave a Reply

ताजा समाचार