मोरङ्गमा विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

मोरङ्गमा विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ

मोरङ्ग । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लटाङ नगरपालिका ६ बस्ने २२ बर्षिय रमेश पाँचकोटीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेका निज पाँचकोेटीलाई सशस्त्र प्रहरी बल, नेपाल वोर्डर आउट पोष्ट दरैयाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा लुपीजेसिक १५ एम्पुल, डाईजेल्याब १५ एम्पुल, एभिल १५ एम्पुल र फेनारगन १५ एम्पुल फेला पारेको हो ।

पक्राउ परेका पाँचकोटीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागी लागूऔषध नियन्त्रण व्युरो विराटनगरमा बुझाईएको छ ।

Leave a Reply

ताजा समाचार