प्रकाशमानको प्रश्न : देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

प्रकाशमानको प्रश्न : देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् ।

नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दावी गरिरहेका बेला कांग्रेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनि प्रश्न गरे । उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हटन बाध्य भएको दावी समेत गरे ।

शुक्रबार पतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाईँ दिँदै उनले भने, “संविधानको मर्म र भावना अनुसार देउवा प्रधानमन्त्री बन्नु भएको हो । विद्धान भन्छ, आफूलाई कानुनविद् भन्छ, कानुनको विद्यार्थी भन्छ, संविधानमा धारा ७६ (५) राख्ने, अनि अहिले आएर चाँही सोही धारा अनुसार देउवा प्रधानमन्त्री बन्दा विधि, संस्कार र मूल्य, मान्यताको कुरा गरेर हुन्छ ? आफूले कार्यपालिकाको नेतृत्व गर्दा विधि र नियम मिच्ने, अनि जब्बरजस्त विधि र प्रक्रिया नअपनाई निर्वाचनमा जान प्रयास गर्ने, त्यसपछि दलहरुले मिलेर कानुनी र राजनीतिक दुवै बाटोबाट लडाई लडी संविधानको रक्षा गर्दा विधिको कुरा गर्ने ?”

नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढन पनि आग्रह गरे । उनले कोरोना खोपको आवश्यक व्यवस्थापन गर्न, मुलुकमा भाइरसकै रुपमा रहेको भ्रष्टचारको अन्त्य गरी मुलुकको संकट समाधान गर्न प्रधानमन्त्री देउवालाई सफलता मिल्ने विश्वास समेत व्यक्त गरे ।

नेता सिंहले जनतालाई राहत दिने तथा संघीयतालाई संस्थागत गराउने गरी ल्याइएका विधेयकहरुलाई संसदबाट छिटो पारित गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

नेता सिंहले नेपालको परराष्ट्र सम्बन्ध सुधार्न पनि प्रधानमन्त्री देउवालाई सल्लाह दिएका छन् । दुई छिमेकी सँगको सम्बन्ध समेत कमजोर भएकोले समान ब्यबहार र सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);