ललितपुर । ललितपुर महानगरपालिका १९ ईटीचोकस्थित रिकी खड्गीको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा.५० प २९४ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही महानगरपालिका १० कुपण्डोल बस्ने उदयपुर गाईघाट घर भएका २० वर्षीय निश्चल परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
परियारले उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ड्युटीमा खटिएको प्रहरीले फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।