राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा छठ पर्वको शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

काठमाडौं, ९ कार्तिक । तराईवासी हिन्दूहरुको महान् पर्व छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना गरेकी छिन् ।

त्यसैगरी उपराष्ट्रपति पुनले पनि पवित्र छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेकी हुन्।

प्रधानमन्त्री देउवाले छठ पर्वको अवसरमा शुभकामना दिँदै यो पर्वले सबै नेपालीबीच भावनात्मक एकता र सहकार्यको सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले पनि छठ पर्वको शुभकामना दिएका छन्।