चीनस्थित एक होटल भत्किँदा १७ को मृत्यु, पाँच जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

चीनस्थित एक होटल भत्किँदा १७ को मृत्यु, पाँच जना घाइते

एजेन्सी । चीनको पूर्वी सहर सुजूमा रहेको एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटना भएको ३६ घण्टासम्म खोजतलास गर्दा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएर रहेका २३ जनालाई फेला पारेका थिए जसमध्ये ६ जना जीवितै छन् ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार उक्त भवनका मालिकले भवनको संरचनामा नै फेरबदल गर्ने प्रयास गरेकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीय समयानुसार सोमबार दिउँसो ३:३० बजेतिर उक्त सिजी काइयुआन होटल भत्किएको थियो । त्यसपछि उद्धारकार्यमा ६०० जनाभन्दा बढी उद्धारकर्मी खटिएका थिए ।

जियाङ्गशु प्रान्तीय सरकारले उक्त दुर्घटनाबारे एक टोलीले छानबिन गरिरहेको र घटनासँग “सम्बन्धित व्यक्तिहरूले” फौजदारी अभियोगको सामना गर्नुपर्ने बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);