दार्चुलामा निषेधाज्ञा खोल्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

दार्चुलामा निषेधाज्ञा खोल्ने निर्णय

दार्चुला । दार्चुलामा वैशाख २५ गतेदेखि जारी गरिएको निषेधाज्ञा खुला हुने भएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा शुक्रबारदेखि खुला गर्ने निर्णय गरेको हो । यस अघि लगाइएको असार मसान्तसम्मको निषेधाज्ञाको समय सकिन लागेकाले जनजीवन सामान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरेर निषेधाज्ञा खुला गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

सङ्क्रण देखिएका स्थानीय तहमा सोही स्थानीय तहले निषेधाज्ञा लगाउन सक्नेछन् । यस्तै भारत सङ्ग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परिक्षण गर्ने प्रतिबद्धता गरेमात्र खोल्न सकिने प्रजिअ जोशीले बताए । जिल्लामा निषेधाज्ञा खुला भए पनि सङ्क्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । जिल्लामा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);