टर्कीले लगायो नेपालसहित ६ मुलुकबाट हुने उडानमा रोक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

टर्कीले लगायो नेपालसहित ६ मुलुकबाट हुने उडानमा रोक

काठमाडौं । टर्कीले नेपालसहित ६वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको बढ्दो संक्रमण जोखिमलाईमध्ये नजर गर्दै टर्कीले सोमबारबाट नेपालसहित बंगलादेश, भारत, ब्राजिल,श्रीलंका र दक्षिण अफ्रिकाबाट हुने सिधा उडानमा रोक लगाएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको हो ।

यो निर्णयले नेपाल सरकारले उडान खुला गरेपनि टर्कीमा नेपालबाट उडान नहुने भएको छ । हाल टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

अन्य मुलुकबाट टर्की जाँदा पनि यदि पछिल्लो १४ दिनमा यी ६ मुलुकमा रहेको भएमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका र १४ दिन क्वारेन्टिन बस्नु पर्ने अनिवार्य गरिएको छ ।

त्यसैगरी पाकिस्तान र अफगानिस्तानबाट टर्की जाने वा पछिल्लो १४ दिनमा यी मुलुकमा रहेकाहरुले भने १० दिन क्वारेन्टिन बस्नु पर्ने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

बेलायत, इरान, इजिप्ट र सिंगापुरबाट टर्की जानेहरुले भने ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);