सुदूरपश्चिम प्रदेशमा आर्थिक कार्यविधि संशोधन गर्न बनेको अध्यादेश पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुदूरपश्चिम प्रदेशमा आर्थिक कार्यविधि संशोधन गर्न बनेको अध्यादेश पारित

कैलाली । सुदूरपश्चिम प्रदेशले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार बसेको प्रदेशसभा बैठकबाट पारित भएको हो ।

अध्यादेश पारित नहुँदै प्रदेश सरकारले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।

कांग्रेसको विरोधबीच आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेशसभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४ अनुसार अध्यादेश स्वीकृत गर्न प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए ।

सभामुख अर्जुन बहादुर थापाले अध्यादेश निणयार्थ प्रस्तुत गर्दा एमाले र माओवादी केन्द्रका सांसदहरुको समर्थनपछि प्रदेशसभाबाट पारित भएको हो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाका सांसदहरु भने मौन रहेर तटस्थ बसेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);