धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाइ घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियारले नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई ४० हजार घूससहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले उनलाई आइतबार कार्यकक्षबाट नै पक्राउ गरेको हो । केही दिन अघि सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा कागजात नपुगेको भन्दै अवरोध गरी घुस मागेको उजुरीको आधारमा आयोगले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सहायक वन अधिकृत पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईने आयोगले जनाएको छ ।




