इरानमा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

इरानमा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न

एजेन्सी । इरानमा नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको छ ।



हसन रौहानीको कार्यकाल सकिएपछि नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको हो । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार न्यायपालिकाका प्रमुख इब्राहिम राइसी नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान भएको दावी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);