मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमालेका केन्द्रिय सदस्य विष्णु रिजालले जानकारी दिए ।

हाल खाली रहेका गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

स्रोतका अनुसार गृहमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापालाई नियुक्ती गरिँदैछ । त्यसैगरी वन तथा वातावरणमा नारदमुनि, कृषिमा ज्वालाकुमारी साह, सामान्य प्रशासनमा गणेश पहाडी, उद्योगमा राजकिशोर यादव, विनाविभागीयमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकलाई नियुक्त गर्ने तयारी रहेको छ ।

नेता रिजालका अनुसार उनीहरुको सपथ ग्रहण पनि आज ४ बजे नै हुने छ ।

गएको जेठ २१ गते प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका महन्त ठाकुर र राजेन्द्र महतोलाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

१ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

६ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

७ घन्टा अघि