राष्ट्रियसभा सदस्य पाण्डेद्धारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

राष्ट्रियसभा सदस्य पाण्डेद्धारा सपथ ग्रहण

काठमाडौँ। नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित एक समारोहकाबीच पाण्डेलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराएक हुन्।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न समेत प्रदान गरेका छन् । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उनी निर्वाचित भएका थिए ।

Leave a Reply